अभिनेता सारुक ताम्राकार आफ्नै घरमा मृत भेटिए

अभिनेता सारुक ताम्राकार मृत भेटिएका छन् । उनी बिहीवार राति काठमाडौंको रातोपुलस्थित घरमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

सारुकले ३१ बर्षको  उमेरमा आफ्नै निवास रातो पुलमा आत्महत्या गरेका हुन् ।  आत्महत्या गर्नुको कारणबारे नखुलेको र अनुसन्धान कार्य भैरहेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।

घटनास्थलको मुचुल्का कार्यपछि उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रवक्ता रिजालले जानकारी दिए । आत्महत्या गर्नुको कारणबारे नखुलेको र अनुसन्धान कार्य भैरहेको समेत जनाए ।

उनी आफ्ना बुबा–आमासँग रातो पुलमा रहेको निवासमा बस्दै आएका थिए । उनले घरको पहिलो तलाको रेलिङमा नाइलनको डोरीले पासो लगाएर आत्महत्या गरेका हुन् ।

चलचित्र ‘रानी’बाट अभिनय करिअर थालेका सारुकले ‘इन्टु मिन्टु लण्डनमा, मेरी मामु, रानी’ लगायतका चलचित्रमा अभिनय गरेका छन् । 

उनी पछिल्लो समय चलचित्र ‘ह्यासट्याग माया’को छायांकनमा ब्यस्त थिए । यो चलचित्रको अहिले ४५ प्रतिशत मात्र छायांकन सकिएको छ । यो चलचित्रमा उनले नायिका नम्रता श्रेष्ठसँग अभिनय गरिरहेका थिए । उनी अभिनीत ‘इन्टु मिन्टु लण्डनमा’ प्रदर्शनमा आउन बाँकी छ ।

सारुक कलाकार सानु ताम्राकारका छोरा हुन् । 


ताजा खबर