अभिनेत्री उषा रजकले महानायक राजेश हमालसँग माफी मागेकी छिन् । कमेडी कार्यक्रममार्फत आफूले बोलेका र गरेका टिप्पणीलाई लिएर उनले हमालसँग सार्वजनिक रुपमा माफी मागेकी हुन् ।
उषाले कमेडी शो ‘आम्मा कसम यहाँ दुख्छ’मा पुगेर राजेश हमाललाई ‘ओभररेटेड एक्टर’ बताएकी थिइन् । उनले हमालको अभिनय पनि खासै नभएको र नृत्य पनि सबैलाई थाहा भएको भन्दै विवादस्पद अभिव्यक्ति दिएकी थिइन् । उनै, उषाले अन्ततः हमालसँग माफी माग्दै सामाजिक संजालमा स्टाटस पोष्ट गरेकी छिन् ।
उनले फेशबुकमार्फत यस्तो लेखेकी छिन्- म,उषा रजक, हाम्रा बरिष्ठ अभिनेता राजेश हमालजी सँग माफी माग्न चाहन्छु। मैले गरेका टिप्पणीहरू कमेडी कार्यक्रममा गरिएका थिए र ती टिप्पणीहरूलाई कहिल्यै गम्भीरतापूर्वक लिइने अपेक्षा थिएन। वहाँको बौधिकताबाट प्रेरित, मैले हाम्रा महानायकको बारेमा, उहाँको महान कार्य र योगदानहरूको बारेमा धेरै राम्रा कुराहरू पनि भनेकी थिएँ तर मेरै दुर्भाग्यवश ती अभिव्यक्तिहरु डिजिटल तारहरु बीच कहिँ कतै हराए । अरु कसैलाई दोष नदिइ, कुनै बहाना नबनाउँदैन म मन देखि माफी माग्दछु । आखिर शब्द मेरै हुन् : मैले भनेको कुराको लागि म आफै माफी माग्दछु ।