श्रृंखला खतिवडाले सार्वजनिकरुपमा स्वीकारिन् संभवसँगको प्रेम सम्बन्ध

पूर्वमिस नेपाल श्रृंखला खतिवडाले संचार उद्यमी सम्भव सिरोहियासँगको प्रेमलाई औपचारिकरुपमा स्वीकारेकी छन् ।

यसअघि, यी दुई प्रेममा रहेको खबर सार्वजनिक भएपनि उनीहरुले सार्वजनिक रुपमा प्रेमको सत्यता स्विकार गरेका थिएनन् । श्रृंखलाको इन्स्टाग्राम स्टाटस हेर्दा यी दुबैजना केही समयदेखि प्रेम सम्बन्धमा रहेको थाहा पाउन सकिन्छ । शृङ्खलाले सामाजिक सञ्जालमा एउटा भिडियो रिल सेयर गर्दै आफू कान्तिपुर मिडिया ग्रुपको प्रबन्ध निर्देशक सम्भव सिरोहियासँग प्रेममा रहेको खुलासा गरेकी हुन् ।

शृङ्खलाले आइतबार बेलुका इन्स्टाग्राममा सम्भवसँगको रोमान्टिक तस्वीर सेयर गर्दै ठूलो आँटका साथ प्रेम सम्बन्धलाई सार्वजनिक गरेको उल्लेख गरेकी छन् ।

उनले लेखेकी छिन् –‘नमस्ते, हामी संभव र श्रृङ्खला । म मेरो भर्चुअल परिवारसँग हाम्रो प्रेम साझा गर्न पाउँदा खुशी छु । हाम्रो मिडल नेम ’होपलेस-रोमान्टिक’ हो । हामी दुबै अन्तर्मुखी व्यक्तिलाई आफ्नो प्रेम सार्वजनिक गर्न ठूलै साहस उठाउनुपरेको छ । तर, यो हामीले भन्नैपर्ने समय हो ।’

उनले सम्भवबारे लेखेकी छन्, ‘यहाँ गत वर्ष मैले तपाईसँग कस्तो महसुस गरेको छु भनेर व्यक्त गर्ने असफल प्रयास गर्दैछु ।असफल यस कारण कि मलाई थाहा छ मैले महसुस गरेको भावनाहरूलाई मैले कहिल्यै न्याय गर्न सक्दिनँ । जुन म तपाईंसँग महसुस गर्छु।’

उनी थप लेख्छिन् ’मसँग मेरो व्यक्तिगत डायरीमा ‘प्रेम के हो’ भन्ने जवाफ दिन प्रयास गर्ने कम्तिमा २० फरक खाताहरू छन्, जबदेखि म ११ वर्षको उमेरमा थिएँ। तपाईंलाई नभेटेसम्म मैले यसको अर्थ फेला पारेको थिइनँ जस्तो लाग्छ।


ताजा खबर