नयाँ चलचित्र ‘द अनब्रेकेबल : अगस्त्य’ च्याप्टर वानको घोषणा गरिएको छ । आइतबार थिम पोस्टर सार्वजनिक गर्दै चलचित्रको नाम सार्वजनिक गरिएको हो ।
सौरभ चौधरीको निर्देशनमा बन्ने चलचित्रलाई प्रकाश मल्ल र अनिष तामाङले निर्माण गर्नेछन् । चलचित्र खिच्ने जिम्मेवारी राजेश श्रेष्ठको रहेको छ ।
डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक चौधरी स्वयंको हो ।
चलचित्रमा केही भारतीय कलाकारहरुको पनि अभिनय रहनेछ । दुई श्रृंखलामा निर्माण हुने फिल्मको दुवै च्याप्टरको स्क्रिप्ट तयार भैसकेको छ । ५० प्रतिशत नेपालमा र ५० प्रतिशत भारतमा छायांकन हुने फिल्मको आगामी बैशाखबाट छायांकन सुरु गरेर दशैंतिर प्रदर्शन गर्ने निर्माण टिमको योजना छ ।
यस चलचित्रको प्रमुख पात्र को रुपमा कुन कलाकारलाइ देख्न पाइने हो त्यो भने हेर्न बाकि छ ।