निर्देशक सुरज सुनुवारको निर्देशनमा बन्न लागेको फिल्म ‘खजुरे ब्रो’ को औपचारिक घोषणा गरिएको छ।
दिब्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा बन्न लागेको फिल्मको युनिटले बंगलामुखी मन्दिर पुगेर शुभ साइत गरेको छ। कमेडी जनरामा बन्ने फिल्मको लेखन पनि स्वयम् निर्देशक सुनुवारको रहेको छ। सुनुवारले ८ बर्ष अघि फिल्म ‘षडङ्ग’को निर्देशन गरेका थिए। फिल्म ‘खजुरे ब्रो’उनको कमब्याक फिल्म हुनेछ।
नबीन मानन्धर र सुरज सुनुवारले निर्माण गर्ने फिल्मका कार्यकारी निर्माता डायमण्ड उप्रेती हुन्। शिशिर बिसंखेले छायाँकन गर्ने फिल्म माघ पहिलो साताबाट फ्लोरमा जानेछ।
फिल्ममा अभिनय गर्ने कलाकार तथा अन्य प्राविधिकहरुको नाम भने निर्माण टिमले गोप्य नै राखेको छ। अहिलेको दर्शकहरुको चाहना अनुसार पूर्ण मनोरंजन दिने उदेश्यका साथ फिल्म निर्माण गर्न लागेको कलाकार तथा निर्माता नबीन मानन्धरले बताए।
फिल्ममा अनमोल गुरुङको संगीत रहनेछ। प्रकाश भुजेल युनिट प्रोडक्सन मेनेजर तथा प्रदीप भण्डारी लाइन प्रोडुसर रहेका छन्। फिल्मको छायांकन इटहरी, धरान, दार्जलिंग र काठमाडौँमा हुनेछ।