आउँदो बर्षको वैशाख २१ गतेबाट फिल्म ‘मनसरा’ रिलिज हुने भएको छ ।
फिल्म ‘जारी’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाको दोस्रो फिल्म ‘मनसरा’को निर्माणपक्षले आज एक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।
सार्वजनिक गरेको पोस्टरमा मिरुना फिर्चड छिन् । जसमा मिरुना मनसरा पात्रको शीर्ष भूमिकामा देखिन्छिन् ।
फिल्म ‘मनसरा’को कथावस्तुको बारेमा केही पनि बताइएको छैन ।
कबड्डी फिल्मस्को ब्यानरमा तयार हुन लागेको यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, मेनुका प्रधान र प्रविण खतिवडा मुख्य भूमिकामा छन् । चलचित्रलाई ‘जारी’का निर्देशक उपेन्द्र सुब्बाले निर्देशन गर्दैछन् ।
यो फिल्ममा शैलेन्द्र ध्वज कार्कीको लगानी रहेनछ । फिल्ममा निमेष श्रेष्ठको सम्पादन, शैलेन्द्रकै छायांकन, उपेन्द्र सुब्बको लेखन छ । यो फिल्ममा सिजन दाहाल कार्यकारी निर्माताको रुपमा छन् ।
यस्तै, यो फिल्मलाई एप्पल इन्टरटेनमेन्टले वितरण गर्नेछ भने डिजिटल पार्टनरको रुपमा जी-२१ प्रोडक्सन छ । थिएटर पार्टनरको रुपमा क्यूएफएक्स छ ।
