पृथक लभस्टोरी बन्ने दाबी सहित ‘खुश्मा’ निर्माण घोषणा, धिरज र उपासनाले कस्ने भए जोडी

फिल्म ‘खुश्मा’ निर्माणको घोषणा भएको छ ।

माघे संक्रान्तिको अवसर पारेर नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरीलाई मुख्य भूमिकामा अनुबन्धित गर्दै ‘खुस्मा’ निर्माणको घोषणा गरिएको हो।

धिरज र उपासनाको यो पहिलो सहकार्य हो । फिल्म लाई अशोक थापा मगरले निर्देशन गर्नेछन् । थापा विभिन्न ९ वटा अन्तरर्राष्ट्रिय फिल्म महोत्सवमा पुरस्कृत भइसकेका छन् ।

दुई वटा सुटिङ तालिकामा खिचिने फिल्म का निर्माता बेताने, चन्द्र भट्टचन र सुस्मिता बुढाथोकी हुन् । ‘खुश्मा’मा एस डी योगीले सुरेन्द्र राना तथा राम अविरल विष्टको गीतमा संगीत दिनेछन् भने दिपक बज्राचार्य छायाँकार रहनेछन्।

फिल्ममा धिरज र उपसनाका अलावा अस्तित्व भट्टचन, खड्क बहादुर पुन (खबपु) तथा अरुण मगरको अभिनय रहनेछ । प्रेम कथामा आधारित ‘खुस्मा’ एम मिडिया प्रा.लि.को ब्यानरमा निर्माण हुनेछ ।

यो फिल्मलाई रुकुममा खिचिनेछ । यो फिल्मलाई दुई सेड्यूलमा खिचिने  निर्माणपक्षले बताएको छ । फिल्मको वितरण गोबिन्द शाहीको काफिया फिल्मस्ले गर्नेछ ।


ताजा खबर