फिल्म ‘ऐँचो पैँचो’बाट निर्देशनमा डेब्यू गरेकी कृषा चौलागाईंले नयाँ फिल्म ‘पीताम्बर’ बनाउन भएकी छिन् ।
कृषाले गत भदौ महिनामा रिलिज भएको ‘ऐँचो पैँचो’को सिक्वेल बनाउने चर्चा पनि थियो । तर त्यो अहिलेलाई थाती राखेर उनी ऐँचो पैँचो बनाउनु अघिकै प्रोजेक्ट ‘पीताम्बर’लाई अघि बढाएकी हुन् । उनको यो लगभग पाँच वर्ष अघि देखिको ड्रिम प्रोजेक्ट रहेको बताइएको छ ।
पीताम्बरको लिड रोलमा नायक प्रदीप खड्काले काम गर्दै छन् । तर, निर्देशक कृषा काठमाडौँ फर्किएपछि मात्र जनकारी दिने तयारीमा छिन् । फिल्मको अन्य कलाकारमा प्रमोद अग्रहरी र कामेश्वर चौरासियाले अभिनय गर्दै छन् । उनीहरू अनुबन्ध भैसकेको जनाइएको छ ।
यस्तै, फिल्मको मुख्य अभिनेत्रीमा केही नाम चलेका हिरोइनमा अफर गरिएको छ । जसकालागि कृषा ग्रिन सिग्नलको पर्खाइमा छिन् ।
कृषाले यो फिल्मको छायांकन दुई चरणमा गराउने तयारी गरेकी छिन् । पहिलो चरणको माघबाट र दोस्रो चरणको वैशाखबाट छायांकन सुरु गर्ने तयारी रहेको छ ।
फिल्मका लागि यति बेला कृषा छायाँकार पुरुषोत्तम प्रधान, लेखक प्रदीप भारद्वाज र अभिनेता प्रमोद अग्रहरीको साथमा तराईका विभिन्न ठाउँमा ‘लोकेशन’ हेरिरहेका छन् ।
केही दृश्य हुस्सुमा खिच्नुपर्ने भएकाले उनीहरू अहिले लोकेशनको खोजीमा चितवन र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र पुगेका हुन् ।
उसो त कृषका लागि ‘ऐँचो पैँचो’बाट भएको गल्तीलाई गल्तीलाई नदोहेर्राउने गरी ‘पीताम्बर’लाई डेब्यू झैँ मानेर र कि अन्तिम फिल्म हुनेछ भनेर निर्देशन गर्न लागेकी छिन् ।
फिल्ममा प्रदीप भारद्वाजको लेखन रहने छ भने निर्देशक कृषा स्वयंको निर्माण रहनेछ ।