‘दयारानी’ ट्रेलरमा बाबु बन्न नसक्ने तथ्य लुकाउँदाको रोचक कहानी

माओत्से गुरुङको डेब्यू निर्देशन रहेको फिल्म ‘दयारानी’को ट्रेलर सार्वजनिक भएको छ ।

सार्वजनिक झण्डै २ मिनेट ३५ सेकेण्डको ट्रेलरले फिल्म पारिवारिक कथामा आधारित रहेको बुझ्न सकिन्छ । बाबु बन्न नसकेका दयाहाङ र दोस्रो बिहेका लागि दबाब दिने दियाको नोकझोकमा यो फिल्मको ट्रेलर तयार पारिएको छ ।

ट्रेलर हेर्दा दयाहाङले आफू बाबु बन्न नसक्ने तथ्य लुकाएपछि उनकी श्रीमती र परिवारले उनको दोश्रो विवाह गर्ने कुरा गरेपछिको उत्पन्न परिस्थितिलाई प्रस्तुत गरिएको छ । यसका अलावा आफ्नो कमजोरी लुकाउन दोश्रो विवाह टार्दै आएका दयामाथि अर्को एक युवतीले आफ्नो सन्तानको बाबु भएको आरोप लगाएको प्रसंगलाई ट्रेलरमा देखाइएको छ ।

माघको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘दयारानी’ मा दयाहाङ र दीयाको अलवा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टीकाराम घले, शिरीष कुँवर, नयन गुरुङ, सूर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिस्टी गुरुङको मुख्य भूमिका छ ।

बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् ।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । फिल्मको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् । फिल्मलाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनि टिफल्क फिल्मस् र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्नेछ ।


ताजा खबर