चर्चित भारतीय मोडल पूनम पाण्डेको निधन

भारतीय मोडल पूनम पाण्डेको निधन भएको छ । पाण्डेको ३२ वर्षको उमेरमा निधन भएको हो । पछिल्लो समय उनी पाठेघरको मुखको क्यान्सरसँग जुधिरहेकी थिईन् ।

पाण्डेको निधन भएको समाचार भारतीय सञ्चारमाध्यम आजतकले प्रकाशित गरेको छ। मोडल पाण्डेको पाठेघरको मुखको क्यान्सरका कारण निधन भएको उल्लेख गरिएको छ ।

केही घन्टा अगाडि पूनमको इन्स्टाग्राममा लेखिएको छ–‘आजको बिहानी हाम्रा लागि निकै नै मुस्किल रहन पुग्यो । हामीलाई यो कुरा बताइरहँदा दुःख लागेको छ कि, पुनमलाई हामीले गुमाएका छौं । यो दुःखको समयमा हामी गोप्यताको आग्रह गर्दछौं ।’

पूनम सन् २०११ मा दिएको एक बयानपछि चर्चामा आएकी थिइन् । उनले, यदि भारतले सन् २०११ को वल्र्ड कप जित्यो भने आफू नांगै हुने बताएकी थिइन् । यसपछि उनको चर्चा चुलिएको थियो । पछि सन् २०१२ मा कोलकता नाइट राइडर्सले आईपिएल जितेपछि नांगो पोज दिएकी थिइन् ।

भारतको कानपुरमा ११ मार्च १९९१ जन्मेकी पाण्डेले सन् २०१३ मा फिल्म ‘नशा’ बाट बलिउडमा डेब्यू गरेकी थिइन् । उनी पछिल्लो पटक फिल्म ‘द जर्नी अफ कर्मा’ मा देखिएकी थिइन् भने टिभी रियालेटी शो ‘खतरों के खिलाडी १३’ र कंगना राणावतको रियालिटी शो ‘लकअप’ मा समेत सहभागी थिइन् ।

यसैगरी उनले इन्स्टाग्राममा आफ्ना प्रेमीसँगको ‘सेक्स भिडियो’ पनि पोस्ट गरेकी थिइन जसलाई पछि आफैले हटाएकी थिइन् भने गोवा सरकारले आफ्नो सम्पतीमा नग्न भिडियो खिचेको भन्दै मुद्दा दायर गरेको थियो ।

पूनमले सन् २०२० मा बिबाह गरेकी थिइन् । दुई बर्ष लामो लिभिङ टुगेदरमा बसेपछि उनले बिबाह गरेकी हुन् । तर, बिहेको एक महिना नपुग्दै उनले आफ्ना श्रीमान् विरुद्ध घरेलु हिंसाको आरोप लगाउँदै मुद्दा दर्ता गरेकी थिइन् । यसपछि, उनी सन् २०२१ मा आफ्ना श्रीमान्सँग अलग भएकी थिइन् ।

पूनम केही वर्ष पहिले क्लव डेजाभुमा प्रस्तुति दिन नेपाल पनि आएकी थिईन् ।


ताजा खबर