अभिनेता गौरव पहारीले गरे बिहे

अभिनेता गौरव पहारी जीवनमा बाँधिएका छन् ।

उनले आइतबार प्रेमिका श्रेणी खतिवडासँग विवाह गरेका हुन् । असोजको ३ गते उनले प्रेमीका श्रेयानीसँग इन्गेज्मेन्ट गरेका थिए ।

गौरव पहारी र श्रेयानीको प्रेम ३ बर्षदेखि चलिरहेको थियो । उनिहरुले मुलपानीस्थित नर्लिङ रिसोर्टमा नजिकका साथीभाइ र परिवार उपस्थितिमा विवाह गरेका हुन् ।

 ‘होस्टेल’ फिल्मबाट फिल्म क्षेत्रमा उदाएका गौरवले ‘उत्सव’, ‘गाजलु’, ‘मिस्टर भर्जिन’, ‘कुम्भ करण’,‘साइँली’,‘छक्का पञ्जा २’ लगायत फिल्ममा अभिनय गरेका छन् । उनी अभिनीत फिल्म नम्बरी सुन प्रदर्शनमा आउन बाँकी छ ।

श्रेयानी फिटनेश प्रशिक्षक हुन् ।


ताजा खबर