निश्चल बस्नेतले दिए तीन रोपनी जग्गा स्वास्थ्य संस्थालाई दान

निर्देशक तथा कलाकार निश्चल बस्नेतले इलाम नगरपालिका वडा नं. १ साखेजुङ्गमा आफ्नो नाममा पुर्ख्यौली जग्गा दिएका छन् ।

मङ्गलवार मालपोत कार्यालय इलाम पुगेका बस्नेतले आफ्नो नामको कित्ता नम्बर २ख ५३ रहेको तीन रोपनी दुई दाम दुई पैसा जग्गा आधारभूत स्वास्थ्य सेवा उपकेन्द्र साखेजुङ्गका नाममा दान दिनुभएको इलाम नगरपालिका वडा नम्बर १ का वडा सचिव लोचन भट्टराईले बताए ।

उपकेन्द्र जनता आधारभूत विद्यालयको एउटा कोठाबाट सञ्चालन भइरहेकोले भट्टराईले बताएका छन् ।

बस्नेतले आफ्नो नामको कित्ता नम्बर २ख ५३ रहेको जग्गा उपकेन्द्रको नाममा पास गरिदिएको जनाएको छ । इलाम नगरपालिका वडा नम्बर १ का अध्यक्ष गायत्रीराम बस्नेतले बाटोसँगै जोडिएको जग्गा भएकोले स्वास्थ्य संस्था निर्माण सहज हुने बताए ।

जग्गा प्राप्तिको लागि दाता खोजी गरिरहेको अध्यक्ष बस्नेतले बताए । निकट भविष्यमा सुविधाजनक स्वास्थ्य संस्था निर्माण गरिने बताएका छन् ।


ताजा खबर