कुमारीपाटी र कमलादी ‘स्काइ वाक’ मा एकै दिन मा हिमालयन जाभाको शाखा सुरू भएको छ । यी साखा हिमालयन जाभाको ५७ औ ५८ औ साखा हुन् ।
कुमारीपाटीमा सञ्चालनमा ल्याइएको जाभाको वरिष्ठ कलाकार मह जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) ले ग्राण्ड ओपनिङ का हुन् । यमन श्रेष्ठले सञ्चालनमा ल्याएको हिमालयन जाभाको पहिलो आउटलेट कमलादीस्थित स्काइ टावरमा छ ।
जाभामा मदनकृष्णका छोरा यमन, राजकुमार श्रेष्ठ र एमएस काप्रीको लगानी छ ।ओपनिङ समारोहमा किरण केसी, शिव श्रेष्ठ, धिरन शाक्य, जितु नेपाल, पूजा शर्मा लगायत का कलाकार को उपस्थिति रहेको थियो ।
यमन श्रेष्ठले यसअघिदेखि नै जावलाखेलमा सुरू गरेको भिन्टेज दी होममा अहिले ल्होत्से थकाली चलाउदै आइ रहेका छन् ।