‘रङ्गेली’मा आर्यनको ‘सरप्राइज’

यही शुक्रबारदेखी रिलिज भैइरहेको फिल्म रङ्गेली -२ निर्माण हुने भएको छ। रङ्गेली फिल्मको इन्डिङमा नायक आर्यन सिग्देलले इन्ट्री मारेका छन्। त्यसैले पनि रङ्गेली -२ मा आर्यन फक्का छन्। चरित्र चित्रण हेर्दा, चलचित्रमा आर्यन सिग्देल भिलेनको रुपमा प्रस्तुत हुनेछन् । उनी ग्याङ्स्टार लुक्समा देखिन्छन्।

आर्यनको सोही भूमिकाको लुक्समा पोस्टर र केही फोटोहरू सार्वजनिक गरिएको छ । उनलाई चलचित्रमा सन्की गुण्डाको भूमिकामा प्रस्तुत गरिएको छ। रङ्गेलीको दोस्रो भागमा अभिनेता दयाहाङ राई र उनको ‘क्ल्यास’ हुने अवस्था रहेको छ। दोस्रो भाग निर्माण घोषणाको यो नौलो प्रयोग हो। दोस्रो भागमा आर्यन र दयाहाङ प्रमुख भूमिकामा हुनेछन्।

चलचित्रमा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत, सुशन प्रजापतिको छायांकन छ । जितेन्द्र खतिवडा र अनुज जंग थापा कार्यकारी निर्माता रहेको चलचित्रको संसार चौलागाई र रमेश भट्टराई निर्माता हुन् । युवक कार्की र शिव शंकर चौलागाई सह–निर्माता रहेको चलचित्रमा विवेक खड्का एसोसियट निर्माताको रुपमा छन्।

दया र मिरुनाको अलावा चलचित्रमा अर्पण थापाको मुख्य भूमिका छ । चलचित्रमा प्रवीण खतिवडा, रमेश वुढाथोकीको पनि अभिनय छ । दुई घण्टा ५५ मिनेट लामो यो चलचित्रलाई निर्देशक अर्जुन सुवेदी निर्देशन गरेका हुन्। लेखक तथा निर्देशक अर्जुन सुवेदीले दोस्रो भाग सकेसम्म छिटो निर्माण गर्ने बताए।


ताजा खबर