फागुनको २५ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘रङ्गेली’लाई छोट्याइएको छ। फिल्म प्रदर्शन भएको ३ दिनपछि २१ मिनेट छोट्याइएर २ घण्टा ३० मिनेटको बनाइएको छ ।
यसअघि यो फिल्म २ घण्टा ५१ मिनेट लामो थियो । जसले गर्दा दर्शकले हलमा चलचित्र हेर्न ३ घण्टा समय बिताउनुपर्थ्यो । दर्शकले फिल्म लामो महसुस गरेको कारण घटाइएको निर्देशक अर्जुन सुवेदीले बताए । फिल्म २१ मिनेट काट्दा झन् राम्रो भएको निर्देशक सुवेदीको भनाई छ । २१ मिनेट काँटछाँट गरिएको फिल्म सोमबारबाट रिलिज हुनेछ ।
यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका छ । चलचित्रको केमियो भूमिकामा अभिनेता आर्यन सिग्देल समेत देखिएका छन् ।
जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा कार्यकारी निर्माता रहेको यो फिमलाई संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठले निर्माण गरेका हुन् ।