‘रङ्गेली’को दोस्रो ट्रेलर रिलिज

अर्जुन सुवेदीको निर्देशनमा तयार भएको फिल्म ‘रङ्गेली’को दोश्रो ट्रेलर सार्वजनिक गरिएको छ। फिल्मले सपलतापुर्वक व्यापार गरेपछि आज रिलिजको दोश्रो साथमा फिल्मको दोश्रो ट्रेलर रिलिज भएको हो। दोश्रो सातामा अाइपुग्दा निर्माणपक्षले यो फिल्मको पहिलो साताको व्यापारबाट आफूहरू उत्साहित भएको बताएको हो ।

फिल्मको दोह्रो ट्रेलरमा फिल्मको मुख्य पात्र ‘विजय’को उदयलाई स्थान दिइएको छ । ‘विजय’ पात्रको भूमिका बारे सार्वजनिक ट्रेलरमा थप प्रट्याइएको छ ।

अर्जुन सुवेदीकै लेखन रहेको यो फिल्ममा जितेन्द्र खतिवडा र अनुज जंग थापा कार्यकारी निर्माताको रुपमा छन् । फिल्ममा संसार चौलागाईं र रमेश भट्टराई निर्माताको रुपमा छन् । सुशन प्रजापतिले खिचेको यो फिल्ममा निमेष श्रेष्ठको सम्पादन छ ।

फिल्ममा दयाहाङ राई, अर्पण थापा, मिरुना मगर, प्रवीण खतिवडा लगायतका कलाकारको अभिनय छ ।


ताजा खबर