दोस्रो दिनबाट तेस्रो दिनमा प्रवेश गर्न मुस्किल ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’लाई !

यो साता भने दुई नयाँ नेपाली चलचित्र हलमा लाग्दै छन् । माघे सङ्क्रान्तिको अवसर पारेर आज शुक्रकारबाट ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ यी २ चलचित्र रिलिज भएका हुन्।

एक अर्कोसँग भिड्न समेत तयार भएका यी दुई चलचित्र रिलिजका लागि तछाड मछाड गरे पनि दर्शकको साथ नपाउन आजैबाट थाहा भइसकेको छ । अक्सर नेपाली निर्माता राम्रो डेट भयो भने उनीहरू भिड्न समेत तयार हुन्छन् । तर दर्शकले चलचित्र हेर्ला कि न होर्लान सोच्न तिर चैँ लाग्दैनन् । हो यस्तै भएको छ यी दुई चलचित्रमा ।

आजबाट हलमा रिलिज भएका यी चलचित्रलाई आजकै दिन साउथका २ चलचित्र रिलिज भइदिएका भए अझ के हुन्थ्यो हालत हेर्न लायक हुन सक्थ्यो । प्रचारमा कुनै कसरी बाँकी नराखिएको रमेश एम के पौडेल निर्देशित फिल्म ‘तिम्रो मेरो साथ’ र अष्ट महर्जनको निर्देशनमा तयार भएको लभस्टोरी चलचित्र ‘गुञ्जन’कालागि साउथका २ चलचित्र रिलिज हुने सम्भावना नदेखेपछि मल्टिप्लेक्सले हिजो बेलुका देखि शोज बढाइदिए । तर जति शो बढाए पनि अवस्था कमजोर देख्न सकिन्छ ।

साम्राज्ञी आर एल शाह, पुष्प खड्का र सन्दीप क्षेत्री अभिनीत चलचित्र ‘तिम्रो मेरो साथ’लाई क्यूएफएक्सले १८ शोज दिएको छ, भने कविर खड्का, सारा सिर्पालीको, प्रितम राज सेञ्चुरी लगायतका कलाकारको अभिनय रहेको चलचित्र ‘गुञ्जन’लाई क्यूएफएक्स चेनमा १९ शोज दिइएको छ । यस्तै, वान सिनेमाजले ‘तिम्रो मेरो साथ’लाई ५ र ‘गुञ्जन’कोलागि ४ शोज दिएको छ । बीग मुभिज लगायतका हलले ‘तिम्रो मेरो साथ’लाई ४ ‘गुञ्जन’ लाई ३ दिएका छन् ।

यी दुवै चलचित्रलाई यदि, हलमा दर्शक आएको खण्डमा फाइदा हुने निश्चित छ । तर, यी दुई चलचित्रले पाएको शोज र कमजोर बुकिङ हेर्ने हो भने दोस्रो दिनबाट तेस्रो दिनमा प्रवेश गर्न पनि मुस्किल अवस्था देखिँदै छ । अहिलेसम्मको बुकिङ हेर्दा औलामा गनेर हेर्न सकिन्छ कति दर्शकले बुकिङ गरेका छन् भनेर, धेरै जसो शोजमा त सिट खाली खाली देखिन्छ ।

‘गुञ्जन’को भक्तपुरको एक शोज भरिन लागेको देखिए पनि अन्य शोमा चलचित्र हेर्ने दर्शक आउँछन् कि आउँदैनन् बाटो हर्नु सिवाय अरू उपाय छैन ।

अन्य हलमा पनि दुवै चलचित्रको बुकिङ निकै नै नाजुक अबस्थामै देख्न सकिन्छ । हलहरुले भोली शनिबारसम्मको शो दिएका त छन् । त्यही पनि बुकिङ नभएकाले आइतबार सम्ममा यी चलचित्रहरु हलबाटै उत्रिने अबस्थामा छन् ।


ताजा खबर