नायिका दीपिका प्रसाँई र निर्देशक दिवाकर भट्टराईलाई पहिलो सन्तान पुत्र लाभ भएको छ । आइतबार बेलुकी काठमाडौंको ग्रान्डी अस्पतालमा दीपिकाले छोरालाई जन्म दिएकी हुन् । बेलुकी ८ः४५ मा सिजेरिङ गरेर दीपिकाले छोरालाई जन्म दिएको निर्देशक भट्टराईले बताएका छन् ।
अप्रेशन गरेर बच्चालाई निकालिएको कारण आमा र छोरालाई अझै केही दिन अस्पताल राख्नुपर्ने बताइएको छ । अहिले आमा र छोराको स्वास्थ्य अवस्था पनि सामान्य नै छ । दीपिकाले शनिबार मात्रै बेबी बम्पको फोटो सार्वजनिक गरेकी थिइन्।