‘डिग्री माइलाः एम ए थर्ड क्लास’को ट्रेलर सार्वजनिक

फिल्म ‘डिग्री माइलाः एम ए थर्ड क्लास’को ट्रेलर रिलिज गरिएको छ ।

रामबाबु गुरुङ निर्देशित फिल्मको सार्वजनिक गरिएको ट्रेलरमा डिग्री पास गरेको एक युवकले गाउँ पसेपछि देखाउने घमन्ड र गफको कथा समावेश गरिएको छ ।

चैत्रको ३० गतेबाट रिलिजमा आउन लागेको फिल्मको झण्डै तीन मिनेट लामो सार्वजनिक ट्रेलर हेर्दा एमए पास गरेर गाउँ फर्किएको माइला पात्रको अहंकार र त्यसले उत्पन्न परिस्थितिलाई देखाइएको छ ।

ट्रेलरमा अंग्रेजी शिक्षक नहुँदा झण्डै खारेजीको संघारमा रहेको एउटा क्याम्पस जोगाउन सक्ने एक मात्र पात्रका रुपमा दयाहाङलाई प्रस्तुत गरिएको छ। गाउँको कलेजमा अंग्रेजी शिक्षक नहुँदा कलेज नै खारेजी हुने अवस्थामा पुगेपछि अंग्रेजीमा एमए गरेको माइला पात्रलाई जागिरको प्रस्ताव गरिन्छ । तर, उसले अहंकार देखाएको ट्रेलरमा देखाइएको छ।

फिल्मको ट्रेलर क्याम्पसको मान्यता जोगाउन क्याम्पस व्यवस्थापनको जोडबल र मरिच झैं पिरा स्वाभावमा उभिएका दयाको नोकझोकलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ।

दर्शक हसाउँने संवाद ट्रेलरमा सुन्न सकिन्छ भने क्यामरा फ्रेमिङ यसपटक रामबाबुको फिल्म धेरै राम्रो देखिएको छ। दयाहाङको केन्द्रीय भूमिकामा रहेका फिल्ममा अभिनेत्री आँचल शर्मा उनको प्रेमीका बनेकी छिन्।

दयाहाङले निर्देशन गरेको सोही नामको नाटकमा यो फिल्म आधारित रहेको छ। फिल्मलाई बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको हो ।

दयाहाङ र आँचलका अलवा फिल्ममा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय गर्नेछ ।यस्तै अभिनेत्री ऋचा शर्मालाई विशेष भूमिकामा देख्न सकिनेछ।

‘किन चाउरिस मरिच आफ्नै रागले‘ भन्ने चर्चित नेपाली उखानलाई फिल्मले आफ्नो ट्यागलाइन बनाएको छ ।

निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको फिल्मलाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका हुन् ।


ताजा खबर