फिल्म ‘रावायण’को छायांकन अगावै प्रदर्शन मिति घोषणा

निर्देशक सुदर्शन थापाले निर्देशन गर्ने फिल्म ‘रावायण’को छायांकन अगावै प्रदर्शन मिति घोषणा गरिएको छ ।

निर्देशक थापाले फागु पूर्णिमाको अवसर पार्दै आइतबार थिम पोस्टर सार्वजनिक गर्दै आगामी भदौ २१ गते (तीज)लाई प्रदर्शन मिति घोषणा गरेका हुन् ।

यो फिल्म सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा बन्न लागेको हो ।

फिल्ममा पल शाह, पुजा शर्मा, प्रियङ्का कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुन जङ्ग शाही, शर्मिला मल्ल, प्रदीप ढकाल लगायतका कलाकारहरू रहने बताइएको छ।

एक्सन-लभस्टोरी कथामा बन्न लागेको फिल्ममा पलको दोहोरो भूमिका हुनेछ । एउटा सकारात्मक र अर्को नकारात्मक चरित्र हुने स्रोतको दाबी छ ।

सौरभ लामाको छयांकन रहने फिल्म यही चैत अन्तिम साताबाट छायांकन सुरु गरिने जानकारी गराइएको छ ।

फिल्ममा शिवम् अधिकारीको लेखन छ भने विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्वन्द्व निर्देशन हुनेछ । फिल्मको संगीतको सम्पूर्ण काम मुम्बईमा भइसकेको छ ।


ताजा खबर