छायांकन र ध्वनिको बेजोड संयोजन ‘द रेड सुट्केस’को टिजर रिलिज

छायांकन र ध्वनिको बेजोड संयोजन रहेको फिल्म ‘द रेड सुट्केस’को टिजर रिलिज गरिएको छ। संसारका प्रसिद्ध अन्तर्राष्ट्रिय फेस्टिभलको चक्र पूरा गरेको यो फिल्मले नेपालमा प्रदर्शन गर्ने तयारीमा जुटेको हो।

चैत ३० गते रिलिज हुने यो फिल्मले सोमबार अर्थपूर्ण टिजर सार्वजनिक गरेको थियो। जुन टिजरमा फिल्मको कथावस्तुबारे महत्वपूर्ण संकेत दिएको देख्न सकिन्छ । छायांकन र ध्वनिको बेजोड संयोजन गरिएको छोटो टिजरमा एक पुरुष पात्रको यात्रालाई दर्शाइएको छ । त्यो पात्र रातो सुट्केस घिसार्दै सडकबाट हिंडेको पाईन्छ।

फिडेल देवकोटा निर्देशित फिल्मले वैदेशिक रोजगारीको सामाजिक असरको कथा भन्छ । भेनिसमा यसले मेन्सन अवार्ड जितेको थियो । स्वीट्जरल्याण्डको जुरिचमा यो पनि यो छनोट भयो । भेनिसले यसले तीन मिनेटको स्ट्यान्डिङ ओभेसन प्राप्त गर्‍यो ।

अन्तर्राष्ट्रिय म्यागजिन द युनिभर्सलले भेनिस रिभ्यु गर्दै यो फिल्म उत्कृष्ट भएको बताएको थियो । गहिरो मानवीय कथाको माध्यमबाट यसले महत्वपूर्ण प्रभाव छाड्ने उल्लेख गर्दै म्यागजिनले यसलाई कलात्मक ऐनाको रुपमा विश्लेषण गरेको थियो ।

यो फिल्ममा पात्र प्रवीण खतिवडा हुन् जसको फिल्ममा शीर्षमध्येको एक भूमिका छ । यसबाहेक सौगात मल्ल, सृष्टि श्रेष्ठ र विपिन कार्की पनि महत्वपूर्ण चरित्र हुन् ।


ताजा खबर