नायक अनमोल केसीको मुख्य भूमुका रहेको फिल्म ‘फर्की फर्की’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । शनिबार निर्माणपक्षले उनको जन्मदिनको अवसर पारेर पोस्टर सार्वजनिक गरेको हो। सार्वजनि फिल्मको फस्टलुक पोस्टरमा नायक अनमोल केसीलाई मात्र स्थान दिइएको छ ।
आउँदो बर्षको जेठ १० गतेबाट रिलिजमा आउन लागेको यो फिल्म लभ स्टोरी जनरामा निर्माण गरेको हो। यो फिल्मलाई ओम प्रकाश अग्रवालसँग मिलेर रोहित अधिकारीले निर्माण गरेका हुन् । फिल्ममा मनोज ओली र रामु न्यौपाने सह–निर्माताको रुपमा छन् ।
सुयोग गुरुङकै कथा तथा पटकथा रहेको यो फिल्ममा रोमन बज्राचार्य र नरेन लिम्बुको संगीत, नरेन्द्र मैनालीको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन, किरण थापाको कोरियोग्राफी छ ।
फिल्म ‘फर्की फर्की’लाई लिएर नायक अनमोल केसी निकै उत्साहित छन् । यो फिल्मको कथावस्तु आफूले यसअघि काम गरेका फिल्मको भन्दा फरक रहेको भन्दै अनमोलले दर्शकको माया पाउने विश्वास व्यक्त गरे ।
फिल्म ‘फर्की फर्की’लाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । फिल्ममा अनमोल केसीको साथमा नायिका जसिता गुरुङको मुख्य भूमिका छ । साथमा फिल्ममा रवि काफ्ले, समृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मा लगायतका कलाकारको पनि अभिनय छ ।