अष्ट्रेलिया र अमेरिकामा एकसाथ ‘डिग्री माइला’ रिलिज

अष्ट्रेलिया र अमेरिकामा एकसाथ ‘डिग्री माइला’ रिलिज चैत ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘डिग्री माइला’को ट्रेलर रिलिजपछि विदेशमा समेत माग चर्किएको छ ।

अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरेको कम्पनी सेभेन सीज इन्टरटेनमेन्टले अमेरिका, अष्ट्रेलिया, फिनल्यान्ड, डेनमार्क, साइप्रस, माल्टा, नर्वे जस्ता देशमा फिल्म बिक्री गरिसकेको छ ।

शैक्षिक बेरोजगारको कथामा आधारित भएर बनेको फिल्मलाई शिवराम श्रेष्ठ तथा राइली एस शिनले छायांकन गरेका हुन् । ट्रेलर रिलिजपछि चुलिएको चर्चा हेर्दा फिल्मले आक्रामक व्यापार गर्ने देखिन्छ ।

विदेशमा समेत नेपालकै मितिमा फिल्म प्रदर्शन हुनेछ । रामबाबु गुरुङको निर्देशन रहेको यो फिल्म अष्ट्रेलिया र अमेरिकामा मात्र फिल्मको ११ सय बढी शो हुने भएको छ । अष्ट्रेलियामा ४ सय बढी र अमेरिकामा ७ सय बढी शो हुने वितरक कम्पनी सेभेन सीजको दाबी छ । अष्ट्रेलियामा फिल्मको बुकिङ समेत खुलिसकेको छ ।

‘कबड्डी’ समूहको फिल्म भएकाले विदेशमा ‘डिग्री माइला’ले सुखद् व्यापार गर्ने प्रक्षेपण गरिएको छ । यो फिल्ममा दयाहाङ राई र आँचल शर्माको जोडी बाँधिएको छ भने प्रकाश घिमिरे, माओत्से गुरुङ, विजय बराल, बुद्धि तामाङ लगायतको पनि अभिनय छ ।


ताजा खबर