नेपाली फिल्म क्षेत्रमा बेमेल र फुट नयाँ होइन । कुरा मिल्दासम्म एकै ठाउँ, न मिल्दा दुस्मन । यो पुरानै रोग हो । यस्तै समस्या अर्को टिममा देखिएको छ ।
केकी अधिकारी र सुलक्षण भारतीले निर्माण गरेको फिल्म ‘बोक्सीको घर’ले ५१ दिन मनायो । अझै पनि एउटा हलमा यो फिल्म चलिरहेकै छ । १० करोडभन्दा माथि ग्रस कलेसक्सन गरेको छ ।
फिल्म राम्रो चलेपछि यसको सिक्वेलको घोषणा पनि गरिसकिएको छ । तर अहिले आएर यसका निर्माता र निर्देशकबीच कुरा नमिलेको देखिएको छ ।
यो फिल्मकी निर्मात्री हुन्, केकी अभिधकारी । जो यो फिल्मकी निर्मात्रीसँगै अभिनेत्री पनि हुन् । निर्देशक, लेखक र अभिनेता हुन् सुलक्षण भारती ।
सुलक्षणले आज सामाजिक सञ्जालमार्फत निर्माणपक्ष अर्थात् केकी अधिकारीप्रति विष बमन गरेका छन् । उनले फिल्मको सर्जक आफू रहेको र आफूले बौद्धिक चोरीको महसुस गरिरहेको बताएका छन् ।
आफ्नो उपस्थिति आफ्नो फिल्ममा कार्यक्रममा नै नरहेको भन्दै उनले असली सजर्ककको मृत्यु भएको अनुभूत गरेको उनले बताएका छन् ।
सुलक्षणले त फिल्ममा सम्पूर्ण काम आफूले गरे पनि जस भने निर्माणपक्षले मात्रै लिएको आरोप लगाएका छन् । ‘काम गर्ने कालु माम खाने आलु’ भन्ने उखानले सार्थकता पाएको उनले टिप्पणी समेत गरेका छन् ।
“यो नितान्त मेरो कृति हो र निर्मातापक्षले यसमा ध्यान नदिनुले के प्रश्न खडा गर्छ ? । कुनै पनि बोक्सीको घरको कार्यक्रम भएको ठाउँमा लेखक र निर्देशकको उपस्थिति नहुनु र वास्ता नगरिनुले के सार्थकता राख्छ ?” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
लेखक तथा निर्देशक आर्थिक तथा सामाजिक रूपमा कमजोर छ भन्दैमा उसलाई बेवास्ता गर्नु न्यायोचित नहुने उनको भनाइ छ ।
सुलक्षले बौद्धिक चोरी भनेको के हो ? भन्दै प्रश्नसमेत गरेका छन् । “बोक्सीको घर आखिरमा कसले बनाएको फिल्म हो ? अब फेरि जीवनमा म जस्ताले फिल्म किन र के का लागि बनाउने ?,” उनी लेख्छन् ।
मलाइ जुन माया दर्सक हरुले दिनु भयो त्यस्को लागि हार्दिक आभार ब्यक्त गर्न चाहन्छु । तपाइहरुको मायाले आज फिल्म बोक्सीको घरले ५१ दिन मनाउन सफल भएको छ ।
यस्ताे छ सुलक्षणकाे स्टाटस :
मलाइ जुन माया दर्सक हरुले दिनु भयो त्यस्को लागि हार्दिक आभार ब्यक्त गर्न चाहन्छु । तपाइहरुको मायाले आज चल्चित्र बोक्सीको घरले ५१ दिन मनाउन सफल भएको छ ।
यस चल्चित्रका मुख्य कलाकार, लेखक, निर्देसक तथा अभिनय प्रसिक्षकको भुमिकामा म सुलक्षण भारतीले काम गरेको छु ।
यहाँ आफ्नो लागि आफैले बोल्नु पर्ने रहेछ र लड्नु पर्ने रहेछ ।
यी मेरा प्रस्नहरु हुन कसैप्रती आक्षेप भने होइन ।
प्रस्न गर्न पाउनु मानिसको नैसर्गिक अधिकार पनि हो ।
यो ५१ दिनमा मैले गरेको अनुभवबाट उब्जिएका मेरा केही प्रस्नहरु हुन ।
“काम गर्ने कालू माम खाने आलु ” के यो उखानले सार्थकता राख्छ?
यो नितान्त मेरो कृति हो र निर्माता पक्षले यस्मा ध्यान नदिनु ले के प्रस्न खडा गर्छ ?
कुनै पनि बोक्सीको घरको कार्यक्रम भएको ठाउमा लेखक र निर्देसकको उपस्थिती नहुनु र वास्ता नगरिनुले के सार्थक्ता राख्छ ?
म सर्जक भएर हेर्दा आफ्नो मृत्यु भएको अनुभव गरेको छु के यो अनुभव स्वभाविक हो ?
जस्ले जे काम गरेको छ त्यस्को उचित मुल्यान्कन हुन पनि जरुरी छ वा छैन ?
लेखक तथा निर्देसक आर्थिक तथा सामाजिक रुपमा कम्जोर छ भन्दैमा उस्लाइ बेवास्ता गर्नु न्यायोचित होला र ?
के लेखक तथा निर्देसकलाइ यसरी बेवास्ता गर्न मिल्छ र ?
बौधिक चोरी भनेको के हो ?
बोक्सीको घर आखिरमा कस्ले बनाएको चल्चित्र हो ?
अब फेरि जिवनमा म जस्ताले चलचित्र किन र के का लागि बनाउने ?
दर्सक र सर्जक बिचको पुल भनेको अहिलेको समयमा सन्चार माध्यम हो । यश बिसयमा कस्ले ध्यान दिने ?
एउटा सर्जक र उस्को कामको मुल्याङकन के अवसयक्ताको बिषय होइन र ?
hipocrasy on its top ?