सुशीलको ‘बन्दी’ लक्ष्मणले निर्देशन गर्ने

निर्माता सुशील पोखरेलले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । ‘राधे’ पछि फिल्म निर्माणमा नदेखिएका उनी नयाँ निर्देशकका साथ निर्माण आउन लागेका हुन् ।

सुशीलले बनाउन लागेको फिल्मको नाम ‘बन्दी’ राखिएको छ । उनले यस फिल्मलाई निर्देशनको जिम्मा ‘बुलाकी’ फेम्ड निर्देशक लक्ष्मण सुनारलाई दिएका छन् । बन्दीको अर्थ बन्धक बनाइनु भन्ने हुन्छ ।

निर्माण पक्षका अनुसार अहिले फिल्मका कथामा काम भइरहेको छ । यो फिल्मको कथा सुशील देवकोटाले लेखिरहेका छन् ।

फिल्म केही महिनापछि छायांकनमा जानेछ ।


ताजा खबर