नायक प्रदीप खड्का र नायिका मिरुना मगर उत्कृट अभिनेता-अभिनेत्री २०२४ घोषित भएका छन् । बुधबार सम्पन्न ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल २०२४’मा प्रदीप ‘प्रेम गीत–३’बाट उत्कृष्ट अभिनेता चुनिँदा मिरुनाले ‘जारी’बाट उत्कृष्ट अभिनेत्री भइन् ।
नेपाल फिल्म निर्देशक समाजको प्रस्तुति, फिल्मकर्मी महासंघ कोसी प्रदेशको आयोजनामा विराटनगरमा बुधबार साँझ सम्पन्न फेस्टिभलमा उत्कृष्ट निर्देशक फिचर फिल्म सन्तोष सेन र स्वर्गिय चेतन गुरुङ, उत्कृष्ट माउन्टेन फिल्म ‘प्रेम गीत–३’, बेष्ट टुरिजम फिल्म ‘मन्त्र’, बेष्ट जुरी अवार्ड ‘बिच्छेद’, बेष्ट कल्चर फिल्म ‘जारी’, सर्वाेत्कृष्ट अन्तर्राष्ट्रिय फिल्म क्यानडाको ‘लभ, लष्ट र फाउन्ड’, बेष्ट फिचर फिल्म नेपालतर्फको अवार्ड ‘बुलाकी’ले जितेको छ ।
दुई दिनसम्म चलेको फेस्टिभलका लागि नेपालसहित अमेरिका, क्यानडा, भारत, वंगलादेशसहित पाँच देशबाट ४३ चलचित्रले सहभागिथा जनाएका थिए ।
पर्यटन, कल्चर, माउण्टेन र पर्यावरणसँग सम्वन्धित विषयवस्तु समेटिएका चलचित्र मात्र फेस्टिभलमा सहभागी भएका थिए ।
चलचित्र विकास वोर्डको सहकार्यमा किङडम इन्टरनेशनल र डब्लुसिसिएन सहयोगी संस्थाको रुपमा जोडिएको फेस्टिभलले नेपाली कलासंकृति तथा पर्यनटका विकास विस्तारमा टेवा पुग्ने फेस्टिभलका निर्देशक अरुणकुमार प्रधानले बताए ।