नायक अनमोल केसीले फिल्म ‘फर्की फर्की’का लागि ५० लाख रुपैयाँ पारिश्रमिक लिएको पुष्टि भएको छ ।
अनमोलले लिएको पारिश्रमिकको कर नेपाल सरकारलाई बुझाएका छन् । फिल्म निर्माता रोहित अधिकारीका अनुसार अनमोलले गत बुधबार सात लाख ५० हजार रुपैयाँ कर तिरेका हुन् ।
निर्माता अधिकारले आइतबार अनमोलले कर तिरेको रसिद फेसबुकमार्फत सार्वजनिक गरेका छन् । जसमा ५० लाख रुपैयाँ आम्दानीको १५ प्रतिशत टीडीएस तिरेको खुलेको छ ।
अनमोल एक फिल्मका लागि सो रकम बराबरको पारिश्रमिक लिएर कर तिरेको सार्वजनिक गर्ने पहिलो अभिनेता बनेका छन् ।