बंगलादेशमा हिँसा: अभिनेता शान्तो र फिल्म निर्माता सलीमको हत्या

बंगलादेशमा भएको हिंसामा बंगलादेशी अभिनेता शान्तो खान र उनका बुबा तथा फिल्म निर्माता सलीम खानको हत्या भएको छ ।

समाचारअनुसार गत सोमबार शान्तो र सलीम आफ्नो घरबाट भाग्ने कोशिस गरिरहेका थिए । त्यही बेला बलिया युनियनका फरक्काबाद बजारमा आक्रोशित भीड उनीहरुको अगाडि आइपुगेका थिए । उनीहरुले आफूलाई बचाउन पेस्तोलको प्रयोग गरे पनि अर्को स्थानमा अर्को भीडमा उनीहरु परे । त्यही भीडले उनीहरुलाई कुटेर हत्या गरिएको थियो ।

सलीम एक निर्मातासँगै बंगलादेशको चान्दपुर उपजिल्लामा लक्ष्मीपुर मोडल युनियन परिषदका अध्यक्ष पनि थिए । उनी भारतको बंगाली फिल्म उद्योग टलिउडसँग जोडिएका थिए । उनले टलिउडमा ठूलो फिल्म स्टारमध्ये एक देवका साथ ‘कमाण्डो’ बनाएका थिए । जुन फिल्म रिलिज भएको छैन । उनले हसिनाका बुबा मुजीब-उर-रहमानमा आधारित फिल्म निर्माण गरेका थिए ।

टलिउडमा सलीमले करिब १० फिल्मको प्रोडक्सन अलग अलग चरणमा थिए र ती फिल्ममा कैयौं टलिउड स्टार काम गरिरहेका थिए । सलीमले बंगलादेशी फिल्म ‘टुंगिपुरार मिया भाइ’ निर्देशन गरेका थिए । जुन फिल्म बंगलादेशका पहिलो राष्ट्रपति शेख मुजीबुर रहमानको जीवनसँग जोडिएको थियो । सलिम हसिनाको पार्टी अवामी लिगसँग आवद्ध थिए ।

त्यस्तै, ढाकाको धानमण्डीमा चर्चित बंगाली गायक राहुल आनन्दको १४० वर्ष पुरानो घरमा आगजनी भएको छ । जलाउनुअघि उनको घर पनि लुटिएको थियो ।

आनन्द, उनकी श्रीमती र छोरा आक्रमणबाट बच्न सफल भएको बताइएको छ । आगलागीबाट राहुलको घरमा राखिएका ३ हजार वाद्ययन्त्र जलेर नष्ट भएका छन् ।


ताजा खबर