श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर फिल्म ‘हन्टर’ निर्माणको घोषणा गरिएको छ । निर्माण पक्षले सोमबार नायकबाहेक काष्ट एन्ट क्र्यिु गोप्य राख्दै नाम मात्रै घोषणा गरेको हो ।
जीवन सिंहले यो फिल्मलाई निर्देशन गर्नेछन् । उनको यो डेब्यु फिल्म हो ।
फिल्मको मुख्य भूमिका (नायक)मा अरुण क्षेत्री रहनेछन् । उनले ‘महापुरुष’, ‘प्रेमा’, ‘ज्याकी आईएम २१’लगायत फिल्ममा काम गरिसकेका छन् । अन्य कलाकारबारे केही दिनपछि गराइने बताइएको छ ।
क्याच कुक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण हुने फिल्मले सुदूरपश्चिमको कथा भन्ने निर्माणपक्षले जनाएको छ ।
फिल्म एक्सन इन्टरटेनर हुने निर्देशक सिंहले बताएका छन् । “फिल्म हन्टर रियल पात्रको कथाबाट इन्स्पायर हो । तर हामी सिनेम्याटिक लिवर्टी लिएर कथा भन्ने छौँ,” उनले भने, “रियल पात्रको कथामा फिक्सन मिसाइनेछ । जसले फिल्मलाई रोचक र रमाइलो बनाउनेछ ।”
फिल्ममा पिक एजुकेसन नेटवर्क र ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहनेछ ।
फिल्मको प्रि-प्रोडक्सनको काम भइरहेको छ । फिल्मको छायांकन पश्चिम नेपालमा हुनेछ ।