उच्च शो पाएको ‘रावायण’को बूकिङ खुल्यो

शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘रावायण’को बूकिङ खुला भएको छ ।

सुदर्शन थापाको निर्देशनमा बनेको यो फिल्मलाई देशभरका प्रमुख मल्टिप्लेक्स चेनहरूले ११४ शो प्रदान गरेका छन्, जसमा क्यूएफएक्स, बीग मुभिज, वान सिनेमाज् लगायतका मल्टिप्लेक्सहरू छन्।

फिल्मलाई तीजको सार्वजनिक बिदाको दिनमा बम्पर ओपनिङ गर्ने अपेक्षा गरिएको छ, जसले निर्मातालाई ठूलो फाइदा हुने सम्भावना छ।

पूजा शर्माको निर्माणमा तयार भएको यस फिल्ममा पल शाह, पूजा शर्मा, प्रकाश शाह, प्रमोद अग्रहरी लगायतका कलाकारहरूले अभिनय गरेका छन्।

फिल्मको टिजर, गीत, र ट्रेलरले दर्शकहरूमा उत्साह थपेकाले यो फिल्मले बक्स अफिसमा राम्रो ओपनिङ गर्ने अनुमान गरिएको छ। विशेष गरी, शुक्रबारदेखि आइतबारसम्म सार्वजनिक बिदा परेकाले फिल्मले त्यो अवधिमा ठूलो दर्शक तान्न सक्छ।

‘रावायण’ले मल्टिप्लेक्समा पाएको शोहरूको संख्या र जनचासोका आधारमा फिल्मको प्रदर्शन सुखद हुने अपेक्षा गरिएको छ।

यो फिल्मले केन्द्रिय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट ‘एडल्ट’ सर्टिफिकेट पाएको छ । एडल्ट सर्टिफिकेट पाउनुको अर्थ १६ वर्षमुनिका दर्शकलाई फिल्म हेर्न प्रतिबन्ध लगाइएको भन्ने हो ।


ताजा खबर