‘फिरफिरे फिरिरी’को पोस्टर सार्वजनिक

हरर कमेडी जनरामा बनेको फिल्म ‘फिरफिरे फिरिरी’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ। बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको फिल्म मनोजकुमार अधिकारीले निर्माण गरेका हुन्। अधिकारीले यसअघि फिल्म ‘नौ डाँडा पारी’ र ‘मंगलसुत्र’ निर्माण गरेका थिए ।

आगामी कार्तिक २२ गते छठ पर्वको दिनबाट प्रदर्शनमा आउने फिल्मले हेरुञ्जेल दर्शकलाई पूर्ण मनोरंजन दिनेमा निर्माता अधिकारी बिस्वस्त छन् ।

गत साता फिल्मको शिर्ष गीत सार्वजनिक गरिएको थियो। सार्वजनिक गीतले यु ट्युबमा दर्शकको राम्रै प्रतिक्रिया पाई रहेको छ। फिल्ममा सन्दिप श्रेष्ठ र नबिन भट्टको लेखन रहेको छ । यसै फिल्मबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली रजतपटमा डेब्यु गर्दैछन्। फिल्मको सार्वजनिक पोस्टर अनन्त घिमिरेले डिजाइन गरेका हुन्।


ताजा खबर