२०८१ सालको विजया दशमीको टीका कलाकारहरूले पनि लगाएका छन् । उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा आफ्ना अभिभावक तथा मान्यजनबाट कलाकारले टीका लगाएका छन् । टीकासँगै कलाकारले जमरा तथा आशीर्वाद ग्रहण गरेका छन् । टीका लगाएर उनीहरूले फेसबुकमा तस्बिर पोस्ट गरेका छन् ।
आज टीकको उत्तम साइत ११ : ३६ बजे रहे पनि दिनभर नै टीका लगाउन सुकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।