दीपक रौनियारको फिल्म ‘पूजा सर’ को कार्यकारी निर्मातामा जोडिए अनुराग कश्यप

दीपक रौनियार निर्देशित फिल्म ‘पूजा सर’ को कार्यकारी निर्मातामा निर्देशक अनुराग कश्यप जोडिएका छन्। सेतो सूर्य हेरेपछि आफू रौनियारको फ्यान भएको र निर्माताको रुपमा जोडिएका कश्यमले भेराइटी म्यागेजिनसँग बताएका छन्।

‘पूजा, सरमा जोडिनु पाउनु मेरो लागि गर्वको कुरा हो। यो एक मार्मिक र सान्दर्भिक विधाको फिल्म मात्रै होइन् यसले मेरो बारेमा बोल्छ। म विश्वस्त छु कि फिल्मले भारतको दर्शककको बारेमा पनि बोल्नेछ, ‘ह्वाइट सन हेरेपछि म दीपकको फ्यान भएको हुँ। दीपक र मीन भाम नेपालका दुई रोमाञ्चक आवाज हुन्। उनीहरु आउन बाँकी रहेको नेपाली सिनेमाका अग्रणी व्यक्ति समेत हुन्’ उनले भेराइटीसँग भनेका छन्।

बेलायत र आयरल्याण्डको वितरण अधिकार ‘च्यानल ४’ले खरिद गरेको छ। यस फिल्ममा आशा मगराती, दयाहाङ राई, निकिता चाण्डक, ऋचा शर्मा, विजय बराल लगायतको अभिनय छ।

रौनियारको आदि फिल्म्स, रामबाबु गुरुङको बाँसुरी फिल्म्स र एलन आर मिलिगनको ट्यानहाउजर गेटले सहकार्यमा फिल्म बनेको हो। यो फिल्म आगामी १४ मार्च अर्थात चैत १ गतेबाट नेपालका हलमा रिलिज हुँदैछ।

इटालीको भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भएको यो फिल्म हालै बुसान फेस्टिभलमा स्क्रिनिङ भएको थियो। भारतको मुम्बई फिल्म फेस्टिभलमा समेत छनोट भएको छ।


ताजा खबर