‘रंगी’को छायाकंन सुरु

सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहने फिल्म ‘रंगी’ छायाकंन सुरु भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहने फिल्मको मङ्गलबारबाट सुटिङ सुरु भएको हो ।

सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण हुने फिल्ममा फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय रहनेछ । फिल्मको सुटिङ अवधि ३० दिनको रहने निर्माण पक्षले जनाएको छ ।

निर्देशक न्यौपानेसँग फिल्म ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका फिल्ममा मुख्य सहायक निर्देशनको अनुभव छ ।

निर्माण पक्षले फिल्मको टाइटल पोस्टर सार्वजनिक गरिसकेको छ । जहाँ साइकलमा बसिरहेकी एक बालिका र उनीसँग खेल्दै गरेका एक पुरुष देखाइएको छ । उनीहरु बाबु छोरी रहेको अनुमान लगाउन सकिन्छ । पृष्ठभूमिमा सूर्यास्त हुँदै गरेको देखाइएको छ । फिल्मले बाबु छोरीको कथालाई चित्रण गर्ने अनुमान गर्न सकिन्छ ।

सक्षम सुवेदीको निर्माण रहने फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन हुनेछ ।


ताजा खबर