एक्सन र प्रेममा केन्द्रित ‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक

चन्द्र पन्तले निर्देशन गरेको फिल्म ‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक भएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमबीच फिल्मको ट्रेलर सार्वजनिक भएको हो ।

हरिहर अधिकारी र निता ढुङ्गानाको मुख्य अभिनय रहेको फिल्ममा भारतीय कलाकार ब्रह्मानन्द लगायतको पनि अभिनय रहेको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेत्री निता ढुङ्गानाले आफूले भन्दा पनि फिल्मले बोल्ने बताइन । उनले दुई दुई वर्ष लगाएर फिल्म बनाएको र दर्शकको कृपाले राम्रो हुने बताइन ।

अभिनेता हरिहर अधिकारीले दर्शकको साथ र सहयोगले मात्रै आफूलाई अभिनयमा सन्तुष्टि मिल्ने बताए । फिल्ममा मेहनत गरेको र फिल्मले बाँकी कुरा बोल्ने बताए ।

कार्तिक ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा लगानी अभिनेत्री ढुङ्गानाको रहेको छ । निता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी हुन् ।

फिल्ममा हरिहर अधिकारी, निता ढुंगाना, ब्रह्मानन्द, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चिता लुइँटेल, बिपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक चन्द्र पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।


ताजा खबर

No comments to show.