कमेडी जनरामा नयाँ नेपाली सिनेमा ‘चिठ्ठा’ निर्माण हुने भएको छ। पौष दोस्रो साताबाट फ्लोरमा जाने यो सिनेमाको निर्देशन आरएल लामा मोक्तानले गर्नेछन्। यस सिनेमाको कथा, पटकथा तथा संवाद पनि निर्देशक मोक्तानले नै तयार गरेका हुन्।
लंका फिल्म प्रालीको ब्यानरमा निर्माण हुने यस सिनेमामा धिरेन शाक्य, भोलाराज सापकोटा, अर्जुा गुरुङ, निमा लामा, रसिला कार्की लगायतका कलाकार मुख्य भूमिकामा देखिनेछन्।
सिनेमाका लागि अझै एक अभिनेता र एक अभिनेत्रीको छनोट प्रक्रिया चलिरहेको निर्देशक लामाले जानकारी दिएका छन्।
रेल्लु माया तामाङ प्रस्तुतकर्ता रहेको ‘चिठ्ठा’ मा आर. सुनाम मोक्तानको लगानी रहनेछ। सह-निर्माताको भूमिकामा मियम मोक्तान रहनेछन्।
यस सिनेमामा छायांकन सञ्चु थोकर, द्वन्द्व निर्देशन शंकर महर्जन, तथा आरएल लामाको शब्द र संगीत समावेश हुनेछ। यस्तै, गायनमा युवराज कँडेल र अन्नु चौधरीको स्वर समेटिनेछ।