‘दुःखी आत्मा’ ट्रेलरमा यौन दुर्बलताको समस्याले पीडित पात्रको कथा

चलचित्र ‘दुःखी आत्मा’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा दयाहाङ राई, आँचल शर्मा र दीया मास्केबीचको प्रेम, नोकझोक र प्रेम देखिन्छ ।

ट्रेलरमा एडल्ट सिनेमाको थुप्रै एलिमेन्टस समावेश छन् । थुप्रै संवाद द्विअर्थी र सिधै एडल्ट छन् । सेलिब्रेटी कविका पछि लाग्ने युवती र यौन दुर्वलताका कारण युवतीमाझ घृणाको पात्र बनिरहेको कविको वरिपरि ट्रेलर घुमेको छ ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, आरती आचार्य, लोकेन्द्र लेखक, आशान्त शर्मा, दीया मास्के, लुनिभा तुलाधरलगायत कलाकारको अभिनय छ ।

हिमाल कडरियाको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता सुदीप ढकाल हुन् । आलोक शुक्लाको छायांकन रहेको चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन् ।

चलचित्रमा श्रवण मुकारुङका १० कविता समावेश गरिएको छ । क्लर्क वर्क क्रिएसनको व्यानरमा निर्माण भएको चलचित्र फागुन २ गते प्रेम दिवसको अवसर पारेर रिलिज हुँदै छ ।


ताजा खबर