चलचित्र ‘ताण्डवम्’को पहिलो गीत ‘हिमानी: ए सानु’ सार्वजनिक

काठमाडौं । क्लरिष्ट जुनिम गहतराजको डेव्यु निर्देशनमा निर्माण भएको चलचित्र ‘ताण्डवम्’को पहिलो गीत सार्वजनिक भएको छ ।

आगामी फागुन ९ गतेबाट रिलिज हुने सिनेमाको सार्वजनिक ‘हिमानी: ए सानु’ बोलको गीतमा मुख्य कलाकार जुनिम गहतराज र सरिना मगर फिचर्ड गरिएको छ ।

सुशान्त गौतमको शब्द रचना तथा संगीत रहेको गीतमा इन्द्रकला राईको स्वर छ ।

चलचित्रमा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ ।

सिनेमाले एक नव विवाहित जोडी जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरु जीवनमा घट्ने अकल्पनिय घटनाले निम्त्याउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरिएको छ ।

सिनेमाको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् ।

सिंहदेवी प्रोडक्सनले भिजुयल आर्ट्स स्टुडियोको सहकार्यमा निर्माण भएको सिनेमाका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् ।

हरि घले लामाले खिचेको सिनेमामा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याग्राउण्ड म्युजिक रहेको छ ।


ताजा खबर