‘सङ अफ च्याब्रुङ’ स्लोगन सहित ‘जारी २’ निर्माण घोषणा

काठमाडौं । नयाँ वर्ष २०८२ को अवसर पारेर चलचित्र ‘जारी २’ निर्माण घोषणा गरिएको छ ।

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहने चलचित्रमा अभिनेता दयाहाङ राई, विजय बराल र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहनेछ ।

जारीको सिक्वेल निर्माण हुने लागेको हो । सोमबार नेपाली नयाँ वर्षमा सिनेमाको फर्स्टलुक सार्वजनिक गर्दै ‘जारी २’ निर्माण घोषणा गरिएको हो ।

पोस्टरमा अभिनेता दयाहाङ राईलाई च्याब्रुङ बजाउँदै गरेको देख्न सकिन्छ । स्लोगन सङ अफ च्याब्रुङ राखिएको छ ।

‘जारी २’ यही वर्षको दशैंमा रिलिज हुनेछ । वैशाख तेस्रो साताबाट फ्लोरमा जाने सिनेमामा दयाहाङ, विजय र मिरुनासँगै ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बू, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहनेछ ।

बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को व्यारमा निर्माण हुने सिनेमालाई रामबाबु गुरुङले निर्माण गर्नेछन् । छायांकन पाँचथरमा हुनेछ ।


ताजा खबर