‘मोहर’ टिमले ‘ढुकढुकी’ बनाउने

काठमाडौं । चलचित्र ‘मोहर’ निर्माण गरेको टिमले नयाँ सिनेमा निर्माणको घोषणा गरेको छ । नयाँ वर्ष २०८२ को पहिलो दिनमा चलचित्र ‘ढुकढुकी’ निर्माणको घोषणा गरिएको हो ।

ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार हुन लागेको यो चलचित्रलाई फिल्ममेकर प्रालिको प्रस्तुतिमा तयार गरिनेछ । सिनेमामा चुम्बनजंग शाही निर्माताको रुपमा छन् ।

यो चलचित्रको छायांकन तिहारपछि सुरु हुने जानकारी दिइएको छ । निर्माण पक्षले सिनेमाका लागि कोही पनि कलाकार फाइनल गरिसकेको छैन ।

यसअघि चलचित्र ‘ढुकढुकी’ विनोद मानन्धरले निर्माण गरेका थिए । यो चलचित्रको पटकथा तथा संवाद ओम प्रतिकले लेखेका थिए । अब, ओम आफै ‘ढुकढुकी’ नाममा चलचित्र बनाउन अगाडि सरेका छन् ।

ओमले निर्देशन गरेको तथा चुम्बन जंग शाहीले निर्माण गरेको चलचित्र ‘मोहर’ साउनको २३ गतेबाट रिलिजमा आउँदैछ । यो चलचित्रको रिलिजपछि सिनेमा ‘ढुकढुकी’को छायांकनको काम अगाडि बढाउने निर्माणपक्षले बताएको छ ।


ताजा खबर