निर्देशक भट्टराई भन्छन्- ‘झिल्को’ले डिजिटल कुलतको खतरा देखाउँछ

काठमाडौं । निर्देशक यादव भट्टराई चलचित्र ‘झिल्को’ले आफ्नो गल्तीहरू पहिचान गरेर विवेकपूर्ण जीवनशैली अपनाउन प्रेरित गर्ने बताउँछन् ।

“चलचित्र समाजको दर्पण र मार्ग निर्देशक हो,” निर्देशक भट्टराई भन्छन्, “त्यसैले हामीले यी संवेदनशील कथाहरू उठान गर्नु आवश्यक ठानेका हौँ । झिल्को तपाईं र तपाईंको परिवारको यथार्थसँग गहिरो रूपमा जोडिनेछ ।”

उनले यसअघि ‘झोला’ र ‘भोर’ निर्देशन गरेका थिए । यी दुवै चलचित्र समाजिक विषयवस्तुमा आधारित थिए ।

‘झिल्को’ वैशाख १९ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । यो चलचित्रमा आयुषी ढकाल, विशाल पोखरेल, वर्षा सिवाकोटी, सुनील पोखरेललगायत कलाकारहरूको अभिनय रहेको छ ।

मिडिया फर कल्चरको ब्यानरमा निर्माण गरिएको चलचित्रको छायांकन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, कलर तथा साउन्ड मिक्सिङ श्याम कुँवर, र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन् ।

चलचित्रको कथा तथा पटकथा यादवकुमार भट्टराईले अरुणदेव जोशी र देव व्रतसँग मिलेर तयार पारेका हुन् ।

‘झिल्को’का कार्यकारी निर्माता उमेश पौडेल हुन् भने निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य रहेका छन् । चलचित्र जनता टिभीको सहकार्यमा निर्माण गरिएको हो ।


ताजा खबर