चलचित्र ‘बाटो मूनिको फूल’ र ‘सुनकेशरी’का कलाकार तथा निर्माता भीम न्यौपाने चलचित्र ‘फाटेको जुत्ता खै’मा निर्माताका रुपमा अनुबन्धित भएका छन् । हालैमात्र निर्देशक निकेश खड्काको रोहबरमा एक सम्झौता गरिएको छ ।
चलचित्र ‘फाटेको जुत्ता खै’मा अब देव कार्की, ठाकुरप्रसाद ढुंगाना, भीम न्यौपाने र धर्मराज अधिकारी निर्माताका रुपमा रहेका छन् । २ करोड २५ लाखको लगानीमा निर्माण हुने चलचित्रको सुटिङ आगामी २०८० जेठ १९ बाट सुरु हुनेछ । चलचित्रको प्रदर्शन कार्तिक २४ गते हुनेछ ।
सौगात मल्ल र ऋचा शर्मा यसअघि नै अनुबन्धित भइसकेका यस चलचित्रमा ‘फाटेको जुत्ता’का अधिकांश कलाकारको अभिनय रहनेछ ।
चलचित्रमा निरज कँडेलको छायांकन, दीर्घ खड्काको सम्पादन, उत्तम न्यौपानेको साउण्ड डिजाइन, प्रवेश मल्लिक र कालीप्रसाद बासकोटाको संगीत रहनेछ । चलचित्रको विदेश राइट देव कार्कीको नमस्ते इन्टरनेमेन्टले लिनेछ ।
तराईको परिवेशलाई कथावस्तु बनाइएको चलचित्र कमेडी जनरामा निर्माण हुनेछ । चलचित्रलाई विश्वव्यापी बनाउन विदेशमा रहेका नेपाली चलचित्रमा चासो राख्ने नेपालीहरुले इच्छा देखाएका छन् । चलचित्रमा आकाश बरालको स्क्रिप्ट र प्रदीप आचार्यको प्रोडक्सन रहनेछ ।