ओम राउत निर्देशित चलचित्र ‘आदिपुरुष’ जुन १६ मा हलमा रिलिज भएको थियो । महाकाव्य रामायणमा आधारित चलचित्रले समीक्षक र दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको थियो।
चलचित्रले पहिलो दिन ८५ करोडभन्दा बढी कमाई गरेर कीर्तिमान बनाए पनि ओपनिङ वीकेन्डपछि यसको कलेक्सनमा क्रमशः गिरावट आएको छ । योसँगै चलचित्र रिलिजको १२ औं दिनमा मंगलबारको कमाईको प्रारम्भिक आँकडा आएको छ ।
सकनिल्कको रिपोर्ट अनुसार ‘आदिपुरुष’ले रिलिजको १२ औं दिन अर्थात दोस्रो मंगलबार करिब १ करोड ७५ लाख कलेक्सन गरेको छ । यो चलचित्रको अहिलेसम्मकै कम कलेक्शन हो । योसँगै ‘आदिपुरुष’को कुल कमाई २७९.६३ करोड पुगेको छ ।
‘आदिपुरुष’ को बक्स अफिसको कमाइ अब सकिएको छ । चलचित्रको कमाईको गति दिनानुदिन घट्दै गएको र अब ३०० करोडको क्लबमा सामेल हुन असम्भव देखिन्छ ।
यस्तो अवस्थामा प्रभासको ५०० करोडको बजेटमा बनेको यो चलचित्र आफ्नो लागत निकाल्न पूर्ण रूपमा असफल सावित भएको भारतीय मिडिया एबिपी लाइभले जनाएको छ ।