जब सलमान खानको चलचित्र रिलिज हुन्छ, त्यो समयमा बक्सअफिसमा अरु कुनै स्टार या निर्देशकको चलचित्र उनीसँग भिड्दैनन् । सबैलाई यो पनि थाहा छ कि सलमानको अगाडि अर्को फिचलचित्र टिक्दैन । चाहे त्यो सानो बजेटको चलचित्र होस् या ठूलो बजेटको अथवा ठूला स्टारको या सानो स्टारको ।
तर, सन् २०२३ केही फरक हुँदै छ । सलमानको आउन लागेको चलचित्र ‘किसीका भाइ किसीकी जान’सँग भिड्न भने उनको पूर्व प्रेमिका ऐश्वर्या राय बच्चनको चलचित्र ‘पोन्नियिन सेल्वन २’ भिड्दैछ । यो पेन इण्डिया चलचित्र ‘किसीका भाइ किसीकी जान’को एक साता पछि रिलिज हुँदै छ ।
सलमानको चलचित्र अप्रिल १८ मा रिलिज हुँदै छ । यो अवस्थामा सलमानको चलचित्रको टिकटको कमाई एक सातासम्म मात्र हुनेछ । त्यसपछि ऐश्वर्याको चलचित्रले त्यसमा ब्रेक लगाउँदैछ ।
सलमानको चलचित्र यही डिसेम्बरमा रिलिज हुने तयारीमा थियो । तर सन् २०२२ को बक्सअफिसको खराब अवस्था देखेर यसको मिति सारिएको हो । प्रायः सलमानको चलचित्र इद या दिवालीमा रिलिज हुन्छ । त्यसकारण ‘किसीका भाई किसी की जान’लाई इदमा अर्थात २१ अप्रिलमा रिलिज गर्ने योजना बनाइएको थियो । तर, उनको अर्को चलचित्र ‘टाइगर ३’ इदमा रिलिज हुने भएपछि यो चलचित्रलाई दिवालीसम्म सारिएको छ ।
चलचित्र ‘पोन्नियन सेल्वन २’ ११औँ शताब्दीको कथा हो । चलचित्रले विश्वव्यापी रुपमा ५०० करोड बढी कारोबार गरेको थियो । हिन्दी बेल्टमा ‘पोन्नियन सेल्वन’ ५ हप्तासम्म चलेको थियो । सलमानको चलचित्रको एक हप्ता पछि ऐश्वर्याको चलचित्र रिलिज हुनुले सलमानलाई खतरा त छैन भन्ने चर्चा बलिउडमा छ ।