राखी सावन्त विरुद्ध मानहानीको मुद्दा दायर गर्दै ११ लाख क्षतिपूर्ति माग

लागुऔषध मुद्दामा आर्यन खानलाई पक्राउ गरेर चर्चामा आएका एनसीबीका पूर्व अधिकृत समीर वानखेडे फेरि चर्चामा छन् । उनले अभिनेत्री तथा ‘बिग बोस’ प्रतियोगी राखी सावन्त विरुद्ध मानहानीको मुद्दा दायर गर्दै ११ लाख क्षतिपूर्ति मागेका छन् ।

नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)का पूर्व अधिकारी समीर वानखेडेले ‘बिग बोस १४’ प्रतियोगी राखी सावन्त र उनका वकिल अली कासिफ खानविरुद्ध मानहानीको मुद्दा दायर गरेका छन् । उनले ११ लाख क्षतिपूर्ति मागेका छन् । मुम्बईको मलाडस्थित डिन्डोशी सिटी सिभिल कोर्टमा यो मुद्दा दायर गरिएको छ। बिस्तृत जानकारी गरौं, के हो पुरा मामिला ।

आफ्नो याचिकामा समीर वानखेडेले राखी सावन्त र अली कासिफ खानले उनको छवि बिगार्ने र बदनाम गर्ने प्रयास गरेको उल्लेख गरेका छन्।


ताजा खबर