२०० करोड ठगी मुद्दाका आरोपी सुकेश चन्द्रशेखरले जेलबाट ज्याकलिन फर्नान्डिसलाई फेरि प्रेमपत्र पठाएका छन् । जसमा ज्याकलिनको नयाँ गीतको बारेमा केही कुरा लेखिएको छ र यो गीत उनीहरुको प्रेमको कथा हो भनिएको छ । सुकेशले यसलाई अभिनेत्रीले आफ्नो जन्मदिनको उपहार भनेका छन् ।
जेलबाट ज्याकलिन फर्नान्डिसलाई फेरी एक प्रेम पत्र आएको छ । २०० करोडको ठगी मुद्दाका अभियुक्त सुकेश चन्द्रशेखरले अभिनेत्रीको जन्मदिनअघि ज्याकलिनलाई आफ्नो प्रेमपत्र जारी गरेका छन् । यस प्रेमपत्रमा सुकेशले ज्याकलिनलाई आफ्नो जन्मदिनको उपहारको कुरा गरेका छन् । भ्यालेन्टाइन डे होस् वा बर्थडे वा कुनै विशेष अवसर, सुकेशको पत्र ज्याकलिनलाई हरेक अवसरमा आउँछ ।
सुकेश चन्द्रशेखरमाथि २०० करोड भारु ठगी गरेको आरोप छ । धेरै चलचित्र र टिभी अभिनेत्रीहरुको कथा खुलेर बाहिर आएको छ । तर, हरेक पटक सुकेशले ज्याकलिनप्रति मात्रै आफ्नो प्रेम व्यक्त गरेको देखिन्छ । यसपटक २५ मार्चमा सुकेशको जन्मदिनभन्दा ठीक अगाडि ज्याकलिनका लागि यो प्रेमपत्र आएको छ, जसलाई विश्वले पढिरहेको छ ।