जब सोनु सुदलाई मुख्यमन्त्री पदको प्रस्ताव गरियो…

बलिउड अभिनेता सोनु सुदले आफूलाई मुख्यमन्त्री र उपमुख्यमन्त्रीको प्रस्ताव आएको खुलासा गरेका छन् ।

तर, उनले त्यसलाई अस्वीकार गरे । उनको अस्वीकारको कारण उनीलाई बिना भेदभाव मानिसहरूलाई मद्दत गर्ने आफ्नो स्वतन्त्रता गुमाउने डर थियो ।

ह्युमन्स अफ बम्बेसँगको कुराकानीमा सोनू सूदले भने–‘मलाई मुख्यमन्त्री पदको प्रस्ताव आएको थियो । मैले अस्वीकार गर्दा उहाँले मलाई उपमुख्यमन्त्री बन्न आग्रह गर्नुभयो । यी देशका धेरै ठूला व्यक्ति थिए, जसले मलाई राज्यसभाको सिट पनि प्रस्ताव गरेका थिए । उहाँले मलाई स्वीकार गर्न भन्नुभयो र राजनीतिमा कुनै पनि कुराको लागि लड्नु पर्दैन । यो एक रोमाञ्चक समय हो जब धेरै शक्तिशाली व्यक्तिहरू तपाईंलाई भेट्न चाहन्छन् र तपाईंलाई संसारमा परिवर्तन गर्न प्रोत्साहन दिन्छन् ।’

सोनु सुदले जनतालाई सहयोग गर्ने आफ्नो स्वतन्त्रता गुम्ने डरले राजनीतिबाट टाढा रहन चाहेको बताए । कसैप्रति जवाफदेही भएको भए अहिलेको जस्तो स्वतन्त्र रूपमा सहयोग गर्न नसक्ने उनको भनाइ छ ।

सोनु सूदले आफू राजनीतिको विरुद्धमा नभएको बताए । उनका धेरै साथीहरू छन् जो राजनीतिज्ञ हुन् र उत्कृष्ट काम गरिरहेका छन् । कलाकारले भविष्यमा आफ्नो मन परिवर्तन हुनसक्ने भन्दै राजनीतिमा लागेर देशलाई सहयोग गर्न चाहेको बताए । तर उनी यसका लागि अझै तयार छैनन् ।


ताजा खबर