आलिया भट्टले तोडिन् गायिका जेनिफर लोपेजको रेकर्ड

बलिउड अभिनेत्री आलिया भट्ट आफ्नो उत्कृष्ट अभिनयका कारण हिन्दी सिनेमाको शीर्ष अभिनेत्रीहरूको सूचीमा दरिइसकेकी छिन्। विवाहपछि पनि उनले आफ्नो सशक्त उपस्थिति कायम राख्दै निर्देशकहरूको पहिलो रोजाइ बन्न सफल भएकी छिन्।

हालै, आलिया भट्टको लोकप्रियता अन्तर्राष्ट्रिय स्तरमा झन् मजबुत बनेको छ। प्रभावकारी मार्केटिङ प्लेटफर्म ‘हाइप अडिटर’ को रिपोर्टअनुसार आलिया विश्वभर इन्स्टाग्राममा सबैभन्दा प्रभावशाली सिनेमाका कलाकारहरूको सूचीमा दोस्रो स्थान हासिल गर्न सफल भएकी छिन्। उनले हलिउड स्टार ड्वेन जोन्सन र चर्चित गायिका जेनिफर लोपेजलाई समेत पछाडि पार्दै आफ्नो स्थान बलियो बनाएकी हुन्।

आलियाको इन्स्टाग्राममा ८५ मिलियनभन्दा बढी फलोअर्स छन्, जसका कारण उनको लोकप्रियता दिनानुदिन बढ्दै गइरहेको छ। फिल्म, फेसन तथा डिजिटल प्लेटफर्ममा समेत उनको प्रभाव बढ्दो छ। रिपोर्टअनुसार अमेरिकी अभिनेत्री जेन्डाया यस सूचीमा पहिलो स्थानमा छिन् भने आलिया दोस्रो स्थानमा पुगेकी छिन्। यससँगै उनी यो सूचीमा समावेश हुने पहिलो भारतीय सेलिब्रेटी बनेकी छिन्।

सामाजिक सञ्जालमा निकै सक्रिय रहने आलियाले ब्रान्ड प्रमोशनदेखि आफ्नो व्यक्तिगत जीवनका झलकहरू आफ्ना फ्यानहरूसँग शेयर गर्दै आएकी छिन्। उनका गंगुबाई काठियावाडी, राजी, आरआरआर, रकी और रानी की प्रेम कहानीजस्ता फिल्महरूले दर्शकमाझ गहिरो प्रभाव छोडेका छन्।

आगामी प्रोजेक्टका रूपमा आलिया भट्ट सञ्जय लीला भन्सालीको ‘लभ एन्ड वार’ मा श्रीमान् रणवीर कपूरसँग देखिन लागेकी छिन्। साथै, उनले साउथ निर्देशक नाग अश्विनसँग नयाँ प्रोजेक्टको सम्भावना बारे पनि छलफल गरिरहेकी छिन्।


ताजा खबर