सन् ९० को दशकको चलचित्र ‘तेजाब’को रिमेक हुने भएको छ । सन् १९८८ मा रिलिज यो चलचित्रको रिमेक भर्सनमा स्टारकास्ट परिवर्तन भएको छ । यसअघि चलचित्रमा जाह्नवी कपूर र रणवीर सिंहको जोडी देखिने चर्चा चलिरहँदा अब चलचित्रमा रणवीरको स्थानमा कार्तिक आर्यनको प्रवेश भएको छ ।
चलचित्र ‘कबीर सिंह’का निर्माता मुराद खेतानीले सन् २०२१ मा चलचित्रको रिमेक अधिकार लिएका थिए । उनी सुरुमा चलचित्रमा कार्तिक र श्रद्धा कपुरलाई लिन इच्छुक थिए । तर चलचित्रमा माधुरी दिक्षित र अनिल कपुरको स्थान जाह्नवी र रणवीरले मात्र लिन सक्ने देखिएपछि प्रमुख कलाकार छनोटको काम सकिएको थियो । अहिले भने मुरादले रणवीरको स्थानमा कार्तिकलाई लिने निर्णय लिएका छन् ।
कार्तिकले यसअघि निर्माताहरुसँग ‘भूल भुलैया २’मा काम गरिसकेका छन् । त्यसकारण पनि निर्माताहरु कार्तिकको कामप्रति ढुक्क छन् । पछिल्लो समयमा कार्तिकको चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ । सोही कारण पनि कार्तिक निर्माताको नजरमा परिरहेका छन् ।
कार्तिकले ‘तेजाब रिमेक’का निर्मातासँग अर्को चलचित्रका लागि कुराकानी गरिरहँदा निर्माताहरु रिमेकमै कार्तिकलाई अभिनय गराउन इच्छुक देखिएका छन् ।