जसिताको प्रश्न–‘महिला भएर समाजका लागि कस्तो उदाहरण दिन खोज्नुभएको हो ?’

नेपाली मिडिया जगतमा कान्तिपुर टेलिभिजनको आफ्नै नाम र प्रतिष्ठा रहँदै आएको छ । तर, पछिल्लो कार्यक्रम ‘इट्स् माई शो’सँगै विवादमा फसेको छ ।

कार्यक्रममा नयाँ प्रस्तोता बनेर आएकी ओसिन सिटौलाले गेस्ट बनेर पुगेका नायिका स्वस्तिमा खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाहसँग अन्तर्वार्ता लिएसँगै विवादित बनेको हो । कार्यक्रमको सुरुवातमै आफूहरू भिजिटरमा राम्रो भएको ओसिनको दाबी थियो ।

कार्यक्रम प्रस्तोता ओसिनले दुई नायिकालाई ‘निच’ प्रस्ताव पेश गर्दै आफूले सोधेको प्रश्नको सही जवाफ नआए कपडा खोल्नु पर्ने चुनौती पेश गरेकी थिइन् । यस क्रममा नायिका साम्राज्ञीले एउटा प्रश्नको सही जवाफ दिन नसक्दा कानमा लगाएकी टप खोल्न बाध्य बनिन् ।

वर्षौंदेखि सञ्चालन हुँदै आएको ब्राण्डका रूपमा स्थापित कार्यक्रमको प्रस्तोताबाट सुरज सिंह ठकुरी बाहिरिएसँगै ओसिनले जिम्मेवारी पाएकी थिइन् । ओसिनले कार्यक्रम सम्हालेको पहिलो एपिसोडमै नायिकालाई नाङ्गो बन्नु पर्ने चुनौती दिएकी हुन् ।

कार्यक्रमभित्रै होस्टलाई नाङ्गो बनाउने र यसबाट बच्ने प्रतिस्पार्धा चलिरह्यो । यसबाट नायिकाहरू बच्न पुगे । नायिकालाई नाङ्गो बनाउने ओसिन प्रयास असफल बनिन् ।

यसपछि र्‍यापिड फायरको नाममा अर्को भाग सुरु सुरु हुन्छ । जसमा कार्यक्रममा आफूहरू नाङ्गिने डरबाट बचेका नायिकाहरूलाई ओसिनले अर्थ न बर्थको गेम खेलाउछिन् ।

यसमा उनीहरूले अर्का चरित्र नङ्गाउन तत्पर हुन्छन् । उनीहरू कलाकारलाई नाङ्गो बनाउँछन् । यस क्रममा आउँछिन जसिता गुरुङ । होस्ट बनेकी ओसिनले जसिताको तीन प्रेमीहरू को-को हुन् ? भन्न प्रश्न गर्छिन् । यस क्रममा स्वस्तिमाले अगाडि भन्न बेल बजाउँछिन । उनलाई लाग्छ यो युद्ध आफूले जितेँ । यसपछि जसिताको प्रेमीको नाम भन्छिन् ।

यस क्रममा उनीहरूले जसितालाई अनमोलको ग्रलफेण्डका रूपमा चिनाउँदै अन्य दुई व्यक्तिसँग सम्बन्ध बनाएको चर्चा गर्छन ।

उनीहरूको कार्यक्रम सार्वजनिक भएसँगै जसिताले आपत्ति जनाउँदै दुई नायिका र होस्टलाई समाजमा महिलालाई हेर्ने कस्तो दृष्टिकोण बसाल्दै हुनुहुन्छ ? भनेर प्रश्न गर्छिन् ।

उनले यो अन्तर्वार्ता हेरेपछि कार्यक्रमका अतिथि र होस्ट तीनै जनाबाट आफूलाई गहिरो दु:ख लागेको इन्स्टाग्राममा पोस्ट गर्दै बताएकी छन् ।

सामाजिक सञ्जालमा उनले लेखेकी छिन्, ‘के हामी साँच्चै एक महिलाले अर्को महिलालाई होच्याउने प्रवृत्तिविरुद्ध छौं ? उनीहरु कसैसँग मेरो व्यक्तिगत समस्या छैन । सुरुदेखि नै मैले उनीहरूलाई अभिनेत्री र होस्टको रूपमा उच्च सम्मान र प्रशंसा गर्दै आएकी छु । तर तपाईंहरुको यो कार्यले कतिको जीवन प्रभावित हुनेछ भन्ने सोच्नुभएको थिएन ? ‘

जसिताले महिला भएर महिलाकै विरुद्ध यस्तो कार्य गरेर कस्तो उदाहरण बन्नुभएको ? भनेर प्रश्न समेत गरेकी छन् । उनले अगाडि लेखेकी छन्, ‘मेरो परिवारले तपाईंको अन्तर्वार्ता र समाचार हेरिरहेका छन् भन्ने लाग्दैन ? महिला भएर समाजका लागि कस्तो उदाहरण बसाल्नुभएको हो ? कसैको व्यक्तिगत जीवनलाई सार्वजनिक रूपमा बदनाम गर्ने र चर्चा गर्ने कारण के हो ?’

जसिताको यो पोस्टमा धेरैले कमेन्ट गर्दै आफूहरुको उनको पक्षमा रहेको जनाएका छन् । अभिनेता अनमोल केसीले कमेन्टमा उल्लेख गरेका छन्, ‘म आदरणीय नारीहरुलाई अनुरोध गर्न चाहन्छु, कृपया वास्तविक चरित्रमा ध्यान केन्द्रित गर्नुहोस् र मात्रै रिल क्यारेक्टरमा केन्द्रित नहुनुस् ।’

जसिताले आपत्ति जनाएपछि दुई नायिकाले माफी मागेका छन् । तर, कार्यक्रमकी होस्ट ‌ओसिनले यसबारे प्रतिक्रिया दिएकी छैनन् ।

जसिताको स्टाटसमा कमेन्ट गर्दै स्वस्तिमा भनेकी छन्, ‘तिम्रो भावनामा चोट पुर्याएकोमा म साँच्चै माफी चाहन्छु, यो एक रमाइलो कार्यक्रम थियो, र धेरै उत्साहजनक तरिकामा प्रकट भयो, तिमी सधैं मेरो लागि धेरै राम्रो साथी छौँ, र एकपटक फेरि म तिमीसँग माफी चाहन्छु ।’

यस्तै, साम्राज्ञीले आफूले कुनै महिलालाई मात्र नभई कसैलाई पनि नीच देखाउने बारेमा नसोच्ने भन्दै स्पष्टीकरण दिएकी छन् ।

‘हामीलाई प्रश्नहरुको यो द्रुत राउण्डमा एक स्थितिमा राखिएको थियो, हामीले नतिजाको बारेमा सोचेका थिएनौँ, तर कुनै पनि तरिकाले तपाईंलाई धम्क्याउने प्रयास गरेका थिएनौँ, तपाईंको भावनामा चोट पुर्‍याएकोमा माफी माग्न चाहन्छु,’ उनले जसिताको स्टाटसमा कमेन्ट गर्दै लेखेकी छन् ।

कान्तिपुर जस्तो टिभी भ्युजका लागि यतिसम्म गिर्छ ? भन्ने कसैले कल्पना गर्न सक्दैन । तर, पत्रकारिताको ज्ञानविहीन ओसिनले होस्ट गरेको एक कार्यक्रमले कान्तिपुर टिभीको प्रतिष्ठामाथि प्रश्न खडा भएको छ ।


ताजा खबर